Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाद्धारा गत आ.बको आम्दानी खर्च सार्वजनिक


4.1K
Shares

पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाद्धारा गत आ.बको आम्दानी खर्च सार्वजनिक

गोरखा १२, माघ । पृथ्वी नारायण साना शहरी खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता संस्थाले गएको आर्थिक बर्षमा भएको संस्थाको आर्थिक कारोवार सार्वजनिक गरेको छ । संस्थाले गोरखा सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरि संस्थाको गत आर्थिक बर्ष २०७६÷०७७ को आम्दानी तथा खर्च बिबरण सार्वजनिक गरेको हो । जस अनुसार संस्थाले गएको आर्थिक बर्षमा कुल १ करोड २० लाख ६६ हजार ९७८ रुपैयाको आर्थिक कारोवार गरेको अध्यक्ष बिनोदबाबु अर्यालले जानकारी दिनुभयो ।

संकलित रकम मध्ये सवै भन्दा धेरै बिद्युतमा खर्च भएको उहाँले जानकारी दिनुभयो । ‘यो आयोजना कठिन आयोजना हो, अध्यक्ष अर्यालले भन्नुभयो, ‘पूर्ण रुपमा बिद्युतमा भर परेर सञ्चालन गरिएकाले उपभोक्ताबाट बिभिन्न शिर्षकमा संकलन गरिएका शुल्क बापतको रकम बिद्युतमा नै खर्च गर्नुपर्ने बाध्यता रहेको छ । गएको आर्थिक बर्षमा मात्र संस्थाको बिद्युत महसुल बापत ५८ लाख रुपैया खर्च भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कर्मचारी तलब भत्तामा २३ लाख ५२ हजार रुपैया, स्रोत मुआब्जाकम ७२ हजार, मर्मत सम्हारमा ७ लाख १२ हजा ३०९ रुपैया खर्च भएको संस्थाले जनाएको छ । संस्थाले गत आर्थिक बर्षमा बिभिन्न कटौती गरेर कुल ११ लाख ५४ हजार ३३४ रुपैया २३ पैसा सन्चित गरेको अध्यक्ष अर्यालले बताउनुभयो । गोरखा सदरमुकाम भित्रका अहिले उक्त खानेपानी आयोजनाले १२ सय ५० उपभोक्तालाई खानेपानी बितरण गर्दै आएको छ ।

संस्थाले खानेपानी महसुल, नयाँ सदस्यता शुल्क, जडान बिलम्ब शुल्क, मिटर बिक्रि, फर्म शुल्क, ठाउँसारी नामाारी, धरौटी शुल्क लगायतका बिषयमा उपभोक्ताहरुबाट शुल्क उठाउदै आएको छ । आयोजना निर्माण भएको १८ बर्ष भइसकेकाले आयोजना मर्मत गर्नुपर्ने अबस्थामा पुगेको पत्रकार सम्मलेनमा अध्यक्ष अर्यालले जानकारी दिनुभयो । ‘खानेपानी बिभागले उपभोक्त समितिलाई यो आयोजना अझै हस्तान्तरण भने गरेको छैन, उहाँले भन्नभुयो, १५ बर्षको आयु रहेको आयोजना अहिले १८ बर्ष पुगिसक्यो अब मर्मत नगरी नहुने अबस्थामा भइसकेको छ ।’

उहाँले मूलदेखि रिजर्भ टयाङ्की लगायत बिभिन्न ठाँउमा ९ दशमलव ८ किलोमिटर लामो पाइप परिवर्तन गर्नुपर्ने अबस्थामा रहेको बताउनुभयो । पाइप परिवर्तन गर्न नसक्दा करिब ४२ देखि ४५ प्रतिसतसम्म पानी चुहावट हुने गरेको उहाँको भनाई छ । आयोजना मर्मतका लागि ८ करोड ५२ लाख रुपैया लाग्ने अनुमान गरिएको भएपनि आधा रकम बाहेक अरु जुट्ने अबस्थामा नरहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

उक्त आयोजनाका उपभोक्ताहरुमा दैनिक १२ लाख लिटर पानीमा माग भएपनि अहिले ८ लाख लिटर भन्दा उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । उक्त आयोजनाले पानीको मूलमा रासायिनक फिल्टरको प्रयोग गरि आबश्यक मात्रामा क्लोरिङको मिलाएर उपभोक्ताहरुलाई पानी पिउन योग्य बनाएर बितरण गर्दैै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology