Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जहाज दुर्घटनामा ४ जना फुटबल खेलाडीको मृत्यु


7.1K
Shares

जहाज दुर्घटनामा ४ जना फुटबल खेलाडीको मृत्यु

काठमाण्डौं १२, माघ । ब्राजिलमा जहाज दुर्घटनामा परी ४ जना फुटबल खेलाडीको मृत्यु भएको छ । निजी जहाजमा यात्रा गरिरहेका पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट उड्नेक्रममा उनीहरू चढेको जहाज रन वेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो ।

दुर्घटनामा पाइलटको पनि मृत्यु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण भएकाले फुटबल खेलाडी क्लबका अरू सदस्यसँग नगई निजी जहाजमा गोइआनिया जान लागेका थिए । त्यहाँ उनीहरूको टिमले भिला नोभासँग खेल्ने कार्यक्रम थियो ।

आइसोलेसनको अन्तिम दिन भएकाले उनीहरू निजी जहाज लिएर जान लागेको बताइएको छ । मृत्यु हुनेमा क्लबका अध्यक्ष लुकास मेइरा र खेलाडीहरू लुकास प्राक्सेडेस, ग्युल्हेर्मे नोय, रानुल र मार्कस मोलीनार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology