Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पहिलो चरणमा गोरखाका १ हजार ५९० जनालाई कोरोना खोप दिने तयारी


2.1K
Shares

पहिलो चरणमा गोरखाका १ हजार ५९० जनालाई कोरोना खोप दिने तयारी

गोरखा १२, माघ । गोरखा जिल्लामा पहिलो चरणमा १ हजार ५९० जनालाई कोरोना दिने तयारी भएको छ । सरकारले भारतबाट अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिसिल्ड’ खोप कोरोना नियन्त्रणका क्रममा जोखिममा रहेका स्वास्थ्य कर्मी, स्वयमसेविका, शव व्यवस्थापनमा खटिने व्यक्ति लगायतलाई लगाउने निर्णय गरेसंगै जिल्लामा पनि विवरण तयार पारि पठाइएको हो ।

स्वास्थ्य कार्यालय गोरखले अहिलेसम्ममा जिल्ला भित्रका ११ वटै स्थानीय तहका तथा स्वास्थ्य संस्थामा कार्यरत एकहजार पाँचसय ९० जना स्वास्थ्यकर्मीहरुको नाम मन्त्रालयमा पठाइएको छ । विवरण पठाइएको मध्ये पहिलो चरणमा खोप लगाउनेमा गोरखा नगरपालिकामा सवै भन्दा धेरै परेका छन् । गोरखा नगरपालिकाका पहिलो चरणमा २५३ जनाले खोप लगाउन पाउने भएका छन् ।

त्यस वाहेक पालुङटार नगरपालिकाका २११ जना, सिरानचोक गाउँपालिकाका १३४ जना, शहिद लखन गाउँपालिकाका ११३, गण्डकी गाउँपालिकाका १२७ जनाको नाम मन्त्रालय पठाइएको छ ।

उता जिल्लाको वारपाक सुलिकोट गाउँपालिकाका १२६ जना, अजिरकोट गाउँपालिकाका १०५ जना, भीमसेन थापा गाउँपालिकाका १०८, धार्चे गाउँपालिकाको १०५, चुमनुब्री गाउँपालिकाका ११९ जना र आरुघाट गाऊँपालिकाका १३८, स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो । सरकारले यही माघ १४ गतेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology