Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा आधिकारिताबारे निर्वाचन आयोगले गर्यो अचानक यस्तो निर्णय, दुवै पक्ष अन्यौलमा


5.1K
Shares

नेकपा आधिकारिताबारे निर्वाचन आयोगले गर्यो अचानक यस्तो निर्णय, दुवै पक्ष अन्यौलमा

काठमाण्डौ ११, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिकता दिन अस्विकार गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले प्रचण्ड नेपाल र ओली दुवै दावी अस्वीकार गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको हो । उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन, उहाँले भन्नभुयो, त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा फुटिसकेको नेकपा भने आयोगको यो निर्णयसँगै कानूनी रुपमा अझै पनि एउटै पार्टीका रुपमा देखिएको छ। पुस ५ पछि नेकपा ओली पक्ष र प्रचण्ड माधव पक्ष गरी २ भागमा राजनीतिक रूपमा विभाजित छ।

दुवै पक्षले निर्वचान आयोगमा आफूहरू नै मूल पार्टी रहेको र सोही अनुसार पदाधिकारी तथा विधानलगायतका कुरा फेरबदल भएकाले अभिलेख गर्नुपर्ने विवरण आयोगमा पठाएका थिए। त्यसपछि आयोगले दुवै पक्षलाई राजनीतिक दल सम्बन्धी ऐन, नियमावली र दलको विधान अनुसारको विवरण पठाउन भनेको थियो। सोही आधारमा दुवै पक्षले आयोगमा जवाफ पठाएका थिए। तर दुवै पक्षबाट आयोगमा आएको जवाफमा आयोग सन्तुष्ट नभएपछि दुवैको दावी अस्वीकार गरेको हो।

दुवै पक्षबाट दल विभाजको विवरण नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए। सोही अनुसार आयोगले आवश्यक प्रक्रिया अगाडि बढाउँदै आइतबार उक्त निर्णय गरेको हो। आयोगले उक्त विवरणका आइतबार साँझ ओली र प्रचण्ड नै अध्यक्ष कायम रहेको र पार्टी विभाजन पनि नभएको निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology