Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गुडिरहेको ट्याक्टरबाट खसेर बालकको मृत्यु


2.9K
Shares

गुडिरहेको ट्याक्टरबाट खसेर बालकको मृत्यु

सप्तरी ११, माघ । सप्तरीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको खडक नगरपालिका–९ लालपट्टीमा दक्षिण फुलबरियाबाट उत्तर कल्याणपुर जाँदै गरेको ट्याक्टरबाट १२ बर्षका बिशाल भगत खसेर गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टरका चाल खडक नगरपालिका–१० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालक स १ त ७३८८ नम्बरको ट्याक्टरबाट खसेका थिए ।गम्भीर घाइते बालकको एड्भान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार गराइ राजविराज लग्ने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology