गोरखा ११, माघ । नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य तथा गोरखा जिल्लाका सहइन्चार्ज अमर तमुले सबै नेपालीहरु अटाउने पार्टी नेपाल कम्युनिष्ट पार्टि रहेको बताउनु भएको छ । राष्ट्रिय युवा सँघ गोरखा सहिद लखन गाउपालिका वडा नम्बर–५ को वडा भेलालाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम बिरुद्ध अब डटेर लड्ने र ओलिलाई हटाइ छाड्ने चेतावनी समेत दिनुभयो । उक्त कार्यक्रममा नेपाली काँग्रेस र सँघीय समाजवादी पार्टी छाडेर ८० जना युवाहरु नेकपामा प्रवेश गरेका नेकपा नेता कृष्ण चेपाङले जानकारी दिनुभयो ।
नवप्रबेशी युबाहरुले पहिले बाटो विराएको तर अव कम्युनिष्ट नीतिमा टेकेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका उहाँले बताउनुभयो । कार्यक्रममा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले शहिद लखन भित्र रहेका आजका युवाहरु शहिद लखन, गोरखा र सिङ्गो नेपालका लागि राजनीति र अन्य क्षेत्रमा क्षमतावान भएर अघि बढ्ने नक्षत्रहरु भएको बताउनुभयो । ‘युवाहरु चाहेमा जस्तासुकै अफ्ठ्याराहरुलाइ पनि सरल तरिकाले समाधान गर्न सक्छन्, उहाँले भन्नुभयो, ‘राज्यले युवाहरु प्रति लक्षित गर्दै शिक्षा, खेलकुद, कृषि लगायतका क्षेत्रमा लगानी गरिरहेको र प्रक्रियामा पुगेर सबैले काम गर्नुपर्छ ।’
शहिद लखन भित्रका सबै युवाहरु राष्ट्रिय युवा सँघ नेपालमा गोलबद्ध भै समुन्नत समाज निर्माणका लागि अघि बढ्नुको विकल्प नभएको उहाँको भनाई छ । भेलालाइ सम्बोधन गर्दै नेकपा युवा नेता यादव बस्नेतले शहिद लखनका युवाहरुले गोरखा जिल्लाको कमाण्ड सम्हाल्न सक्ने तागत राख्ने दावी गर्नुभयो । यहाँका युवाहरु जस्तासुकै परिस्थितिमा पनि अघि बढिरहने बताउनुभयो । ‘कहिलेकाँही युवाहरुलाइ मानिसहरुले भ्रम दिएर क्षणिक रुपमा आफ्नो पक्षमा राख्न चाहन्छन, त्यस्तो अवस्थामा युवाहरु सोचेर अघि बढ्नुपर्छ, उहाँले भन्नुभयो, ‘युवाहरुले असल जीवन जीउन सिक्ने हो । कसैको क्षणिक योजनाको पछि दौडने होइन ।’
नेता बस्नेतले केपि ओलिको भविस्य सकिएको जिकिर गर्दै अब प्रचण्ड–माधव समुहको विकल्प अरु नभएको बताउनुभयो । सहिद लखन गाउपालिका वडा नम्बर–५ का वार्ड अध्यक्ष यम बहादुर रानाको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश सम्पर्क कमिटी सदस्य बिजय पुडासैनी, कृष्ण चेपाङ, पार्टी सचिव ध्रुव खनाल, अनेरास्ववियु केन्द्रीय सदस्य आर के भट्ट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले रमेश थापाको सँयोजकत्वमा ५१ सदस्यीय कमिटी निर्माण गरेको छ । सह सँयोजकमा विजय थापा चयन भएका छन् । संयोजक रमेश थापाले युवाहरुको जोशिलो तागतलाई गोलबद्द गर्ने अठोट कमिटीले गरेको जानकारी दिनुभयो ।