Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा आएर काग्रेस नेता पाण्डेले भने ‘काग्रेस कार्यकर्ताले अब रुख चिन्ह बाहेक अन्त भोट हाल्नु पर्दैन’


2.6K
Shares

गोरखा आएर काग्रेस नेता पाण्डेले भने ‘काग्रेस कार्यकर्ताले अब रुख चिन्ह बाहेक अन्त भोट हाल्नु पर्दैन’

गोरखा ११, माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा क्षेत्र नम्बर २ कार्यकर्ताले अब रुख बाहेक अरु चुनाव चिन्हमा भोट हाल्नु नपर्ने समेत बताउनु भएको छ । गोरखा सदरमुकाममा प्रेस यूनियन गोरखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘अब हुने जुनसुकै निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसका कार्यकर्ताले रुख बाहेक अन्य चिन्हमा भोट हाल्नु पर्दैन, उहाँले भन्नुभयो, ‘कांग्रेसका कार्यकर्ताले अन्यत्र भोट हाल्नुपर्दा मन दुखेको छ मैले बुझेको छु ।’ नेता पाण्डले संसद बिघटनको मुद्दालाई लिएर सर्वोच्च अदालतलाई सबै क्षेत्रले प्रभावमा पार्न खोजेको आरोप लगाउनु भएको छ ।

नेता पाण्डेले सर्वोच्चबाट संसद पुनस्थापना भएपनि र पुनस्थापना नभएपनि काग्रेसलाई त्यो मान्य हुने बताउनुभयो । उहाँले अदालतमा बिचाराधिन मुद्धामा कसैले पनि प्रभाव पार्न नहुने भन्दै स्वतन्त्र न्यायलयलाई दवाव दिन नहुनेमा जोड दिनुभयो । गोरखा क्षेत्र नम्बर १ संगठन सुदृढिकरणका लागिगृह जिल्ला आउनु भएका नेता पाण्डेले प्रधानमन्त्री स्वयंले र प्रधानमन्त्रीको कदम असंवैधानिक भन्नेमा भने काग्रेस स्पस्ट रहेको बताउनुभयोे ।

फरक प्रसंगमा एउटै पार्टी भित्रका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालमाथी प्रधानमन्त्री केपी शर्मा ओली प्रहार गरेपछी मात्र दाहाल–नेपालले ओली सर्वसत्ताबादी र तानाशाह भएको थाहा पाएको उल्लेख गर्नुभयो । नेकपाको दुबै गुट कांग्रेसलाई साथ लिन तछाड मछाड गरिरहेको बताउँदै उहाँले तत्काल कुनै पनि पक्षसँग सहकार्य गर्नु कांग्रेसलाई आवश्यक नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology