Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना खोप अभावपछि युरोपमा खोप अभियान स्थगित


3K
Shares

कोरोना खोप अभावपछि युरोपमा खोप अभियान स्थगित

काठमाण्डौ ११, माघ । युरोपका विभिन्न स्थानमा कोरोना विरुद्धको खोप अभियान स्थगित गरिएको छ । युरोपका विभिन्न मुलुकमा कोरोनाको खोप अभावमा खोप अभियान स्थगित गरिएको हो । बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।

युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको बीबीसीले लेखेको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनेकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन । सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology