Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटिको बैठक, ओलीलाई साधारण सदस्यबाटै हटाउने संकेत


2.3K
Shares

प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटिको बैठक, ओलीलाई साधारण सदस्यबाटै हटाउने संकेत

काठमाण्डौ ११, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आज दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिनुभयो । शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट नै हटाउने तयारी समेत गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology