Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जसपाभित्र भाडभैलो भच्चिदै, उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी


2.5K
Shares

जसपाभित्र भाडभैलो भच्चिदै, उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी

काठमाडौँ, १० माघ । मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ। राजकिशोर यादवनिकट कार्यकर्ताहरुले आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्। राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भन्नुभयो, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ। हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस्।’

आफ्नै गृह जिल्ला सिराहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भन्नुभयो, ‘यो त अति नै भयो। अब चुप लाग्दैनौ।’ माघ ३ गते जसपाले सिराहमा गरेको विरोध प्रदर्शनमा राजकिशोरलाई चौथौ मर्यादामा राखिएको थियो। पहिलोमा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथामा राजकिशोरलाई राखिएको थियो। यसबाट राजकिशोर आक्रोशित हुनुभएको थियो ।

आफूलाई अपमानित गरेको महशुस गर्दै उहाँले सिराहाको कार्यक्रम नै बहिस्कार गर्नुभएको थियो। त्यसयता उहाँ पार्टीका सबै सार्वजनिक कार्यक्रम बहिस्कार गर्दै आउनु भएको छ। स्रोतका अनुसार उहाँ पार्टी कार्यालयमा समेत जानुभएको छैन। आफनै गृह जिल्ला कार्यक्रम हुँदा पनि उहाा काठमाडौंमै बस्नु भएको थियो। यसबारेमा राजकिशोर सार्वजनिक रूपमा बोल्नुभएको छैन तर राजकिशोर निकट कार्यकताले भने पार्टी अध्यक्ष उपेन्द्रप्रति आक्रोश पोखेका छन्।

स्रोतका अनुसार आफू अपमानित भएपछि राजकिशोरले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तासँग छलफल र परामर्श गर्न सुरु गर्नुभएको छ। यसैगरी उहाँले पूर्व समाजवादी पार्टीका असन्तुष्ट केन्द्रीय तहका नेताहरूसँग पनि सम्पर्क गरेको स्रोतको भनाइ छ। ‘यसबाट जसपामा झन ध्रुविकरण बढ्दै गएको छ,’ स्रोतले भन्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology