Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उपलव्धि रक्षा गर्न अब संयुक्त जनआन्दोलन जरुरी छ : डा भट्टराई


3.2K
Shares

उपलव्धि रक्षा गर्न अब संयुक्त जनआन्दोलन जरुरी छ  : डा भट्टराई

बुटवल १० माघ । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आन्दोलनबाट प्राप्त उपलव्धि रक्षाका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भएर ससक्त आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भएको छ । प्रेस नेपालद्धारा शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले अहिले एक्लाएक्लै आन्दोलनमा उत्रेका राजनितिक दलहरुले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न सशक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताउनुभयो । प्रधानमन्त्री ओलीमा तानासाही शासक बन्ने महत्वाकांक्षाका कारण राष्ट्रिय अनुसन्धान विभाग,राजश्व अनुसन्धान विभाग लगायतका संयन्त्र आफु मातहत ल्याएको भन्दै भट्टराइले प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न ससक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताउनु भएको छ ।

उहाँले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत संविधान र लोकतन्त्रको रक्षाका लागि ढुलमुलमा नपर्न आग्रह गर्नुभयो । झण्डै दुुई तिहाई मत भएको सरकार र संसद विघटन गरेर चुनाव गर्न खोजिएको होईन, व्यवस्था नै भत्काउने गरि संसद विघटन गरिएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भन्नुभयो –‘जनताको बलमा मात्रै प्रतिगमन सच्चाउन सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology