Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको व्रम्हाचारिणी आधारभूत बिधालयलाई ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग


4K
Shares

गोरखाको व्रम्हाचारिणी आधारभूत बिधालयलाई ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग

गोरखा ९, माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका –८ पन्द्रुङ स्थित जराङको व्रम्हाचारिणी आधारभुत विद्यालयलाई ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग प्रदान गरिएको छ । गोरखा– गाउँ वातावरण नेपाल नामक संस्थाले बिधालयलाई उक्त सामाग्री हस्तान्तरण गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो ।

विद्यालयलाई प्रविधिमैत्री वनाउने अभियानमा बिद्यालय व्यवस्थापन समिति लागिरहेको छ, उहाँले भन्नुभयो, हाम्रो यो प्रयासमा हातेमालो गर्न गाउँ वातावरण नेपालसात थान ल्यापटप, दुइ थान प्रोजेक्टर र एक थान फोटोकपी मेसिन सहयोग प्रदान गरेको छ ।

विद्यालयलाई प्रबिधिमैत्री बनाउन संस्थाले शिक्षक आशा श्रेष्ठ र गणेश परियारलाई दश दिने आइसिटि तालिम पनि प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology