Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता


2.9K
Shares

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाण्डौ ९, माघ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड–माधब समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गर्नुभयो ।

तीन वर्षको अवधिमा मुख्यमन्त्री पौडेलले जनताको हितमा अपेक्षाकृत ढंगले काम गर्न नसकेका कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो । कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको पनि बताउनुभयो ।

सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको पनि नेपालले बताउनुभयो । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने छ । अविश्वासको प्रस्तावमाथि अब बस्ने प्रदेशसभाको बैठकमा छलफल अगाडि बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology