Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ३ हजार सवारी साधन कारबाहीमा, १९ लाख भन्दा बढी राजस्व संकलन


4.8K
Shares

गोरखामा ३ हजार सवारी साधन कारबाहीमा, १९ लाख भन्दा बढी राजस्व संकलन

गोरखा – गोरखामा ६ महिनामा अवधीमा करिब ३ हजार सवारी साधान कारवाहीमा परेका छन् । साना तथा ठुला सवारी साधनले ट्राफिक नियम उल्घंन गरेका कारण २ हजार ८५० वटा सवारी साधन कारवाहीमा परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २ पाग्रे सवारी साधान सबै भन्दा बढी कारवाहीमा परेका छन् । २ पाग्रे सवारी साधन अन्तरर्गत मोटरसाईकल तथा स्कुट मात्रै यो ६ महिनाको अवधीमा ९९२ वटा कारवाहीमा परेका छन् ।

त्यस्तै गरी ५४० वटा कार÷जिप, ५३४ ट्याक्टर र ३९३ ट्रक÷टिपर कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताउनुभयो । ६ महिनाको यो अवधिमा ३९१ वटा बस समेत कारवाहीमा परेको छ ।

कार्यालयका अनुसार सवारी चालक अनुमती पत्र लिएर नहिडेका, ओभर लोड, धेरै यात्रु राखेर हिडेको र सवारी नियम उल्घंन गरेको कारण कारवाही गरिएको हो । सबै सवारी साधनबाट १९ लाख ३५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको समेत कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार साउनमा २५०, भर्दौमा १५०, असोजमा ३००, कात्तिकमा ६००, मंसिर ७५० र पुषमा ८०० सवारी साधन कारवाहीमा परेको हो ।

कारवाही परेका मध्ये ट्रक/टिपरबाट २ लाख ६५ हजार, बसबाट २ लाख ६१ हजार ५००, कार/जिपबाट ३ लाख ५८ हजार, ट्याक्टरबाट ३ लाख ५७ हजार र मोटरसाईकलबाट ६ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत बर्षको यही अबधीमा भने ६ हजार ५० वटा सवारी साधन कारवाहीमा पर्दा ४२ लाख ९९ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology