गोरखा ८, माघ । गोरखामा बिहिबार मृतावस्थामा पोथी चितुवा फेला परेको छ । जिल्लाको पालुङटार नगरपालिका–४ तल्लो माल्ति गैरामा अन्दाजी डेढ बर्षको चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।
ज्यानमा खटिरा आएको जस्तो देखिने चितुवा मृतावस्थामा देखेपछि स्थानीयबासीहरुले प्रहरीलाई खबर गरेका थिए । उक्त चितुवाको लम्बाई पुच्छर ४.५ फिट र भने उचाई १.५ फिट रहेको चितुवा डिभिजन बन कार्यलय गोरखाको भनाई छ ।
उक्त चितुवासब डिभिजन कार्यालय ठाँटिपोखरीका साहायक बन अधिकृत अर्जुन बहादुर अछामी, ईलाका प्रहरी कार्यालय ठाँटिपोखरी र स्थानीयको रहोवरमा व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।