Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँबुखैरेनीमा ट्याक्टर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु, एक घाइते


3K
Shares

आँबुखैरेनीमा ट्याक्टर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु, एक घाइते

गोरखा ८ माघ । तनहुँको आँबुखैरेनीमा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटना परी एक घाईते भएका छन् ।

बिहिवार अदुवाखर्कबाट आँबुखैरेनी बजार आउँदै गरेको ग १ प ३७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३६ वर्षिय केशब दर्लामीको घटनास्थलमै मृत्यु भएको हो ।

आँबुखैरेनी गाउँपालिका ३ का लिलबहादुर यादी दुर्घटनामा परी गम्भिर घाईते हुनुभएको तनहुँ प्रहरीले जनाएको छ । गम्भिर घाईते यादीको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जनाइएको छ ।( फाइल फोटो)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology