Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संसद विघटन बिरुद्द काग्रेसले आज गोरखा सहित देशभर प्रदर्शन गर्दै


2.8K
Shares

संसद विघटन बिरुद्द काग्रेसले आज गोरखा सहित देशभर प्रदर्शन गर्दै

काठमाडौं ८, माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज गोरखा जिल्ला सहित देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहका बडाहरुमा प्रदर्शन गर्न लागेको हो ।

संसद विघटनविरुद्ध ६ हजार ७ सय ४३ वटै वडामा प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले सडक संघर्ष जारि राखेको छ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । निर्वाचनको विषयमा भने सर्वोच्चको आदेश कुर्ने कांग्रेसको भनाइ छ । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको नेताहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology