गोरखा ८, जनता समाजबादी पार्टि गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ ।
संसद विघटनको बिरोधमा जसपा गोरखाले सदरमुकाममा बिरोध कार्यक्रम आयोजना गरेको हो ।
पार्टी कार्यालय रहेको लोकतान्त्रिक चोकबाट जसपाले रयाली गर्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनःलोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहकै शैलिमा अगाडी बढेको आरोप लगाए । उहाले केपी ओली जनताको बहुदलिय जनबादबाट पछी हटी सकेको समेत बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलि ज्ञानेन्द्र पथमा हिडेको आरोप लगाउनुभयो । नेता खतिवडाले ओलीलाई कार्यालयमा पुस्पलाल र मदन भण्डारीको फोटो हटाएर ज्ञानेन्द्रको फोटो राख्न सुझाव दिनुभयो । जसपा गोरखाका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य राजेन्द्र खनाल र पार्टीका जिल्ला उपाध्यक्ष शान्ता न्यौपानेले लगायतले पनि कोण सभालाई सम्बोधन गर्नुभएको थियो।