Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मापदण्ड बिपरित चलेका २ वटा मासु पसल नगरपालिकाद्वारा बन्द


4.7K
Shares

गोरखामा मापदण्ड बिपरित चलेका २ वटा मासु पसल नगरपालिकाद्वारा बन्द

गोरखा ८ माघ । गोरखा बजारमा सञ्चालनमा रहेको २ वटा मासु पसललाई गोरखा नगरपालिकाले बुधबार तालाबन्दी गरिदिएको छ । नगरपालिका संग भएको पटक पटकको सम्झौता उल्घंन गरेको भन्दै अनुगमन टोलीले २ वटा मासु पसलमा तालाबन्दी गरिदिएको हो ।

गोरखा नगरपालिका ६ को पुरानो बसपार्क क्षेत्रमा रहेको कृण्णबहादुर शाहीले सञ्चालन गर्दै आएको मनकामना मिट हाउस र जुक्त्तमान श्रेष्ठले सञ्चालन गर्दै आएको माईला फ्रेस हाउसमा नगरपालिकाको अनुगमन टोलीले ताला बन्दी गरेको गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत एवं बजार अनुगमन संयोजक चेतप्रसाद अंगाईले जानकारी दिन्भयो ।

अंगाईको नेतृत्वमा बुधबार बिहान पशु वधशाला अनुगमनका क्रममा उत्त पसलले नगरपालिका संग दर्जनौ पटक गरेको सम्झौता उल्घंन गरेको, बजार क्षेत्रमा दुर्गन्ध फैलाएको तथा मासु पसलमा पर्याप्त सरसफाई नगरको भन्दै तालाबन्दी गरिदिएको हो ।

दुवै सञ्चालकले सोही क्षेत्रमा नै पशु बध गर्ने र पशुबाट निश्किएको फोहर ब्यवस्थान नगर्दा वरपर अत्याधिक दुर्गन्ध आउने गरेको थियो । अधिकृत अंगाईले अन्यत्र स्थानमा पशु बध गर्ने र कानूनी प्रकृया पुरा गरेको खण्डमा मात्र मासु पसल सञ्चालन गर्न दिईने बताउनुभयो । दुवै मासु पसल हाल सम्मपनि नगरपालिका दर्ता भएका छैनन् ।

अंगाईको नेतृत्वमा गोरखा नगरपालिका ६ र ७ का वडाध्यक्ष द्वय नारायणप्रसाद अर्याल र बिण्णु श्रेष्ठ, गोरखा नगरपालिकाको कृषि तथा पशु शाखाका प्रतिनिधीहरु, टोल विकास संस्थाका प्रतिनिधीहरु र प्रहरीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology