काठमाडौ ६, माघ । भारतमा कोरोना खोप लगाए लगाउनेबित्तिकै एक व्यक्तिको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार स्थानीय सन्दुर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको हृदयाघात भएर मृत्यु भएकाे हाे। भारतकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीका अनुसार नागराजको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको हो।भारतमा शनिबारै देशभर कोरोना खोप अभियान सुरु गरिएएकाे हाे।