Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अन्तत् पौडेलको निवासमै पुगेर देउवाले भन्नुभयो : पार्टीको एउटै धारणा बनाएर अघि बढौ


3.3K
Shares

अन्तत् पौडेलको निवासमै पुगेर देउवाले भन्नुभयो : पार्टीको एउटै धारणा बनाएर अघि बढौ

काठमाण्डौ ५, माघ । प्रतिनिधिसभा विघटनको मुद्दामा प्रतिपक्षी दल कांग्रेसभित्रै एकमत नरहेको भन्दै राजनीतिक वृत्तमा चर्चा चलिरहँदा सो पार्टीका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग यस विषयमा छलफल गर्नुभएको छ । पौडेलकै निवास बोहराटार पुगेर देउवाले पार्टीको एउटै धारणा बनाएर अघि बढ्न प्रस्ताव गर्नुभएको छ ।

दिउँसो ४ बजे पौडेलनिवास पुगेका देउवाले उनीसँग करिब डेढ घण्टा छलफल गर्नुभएको थियो । । छलफलका क्रममा देउवाले प्रतिनिधिसभा विघटनको विषयमा पार्टीभित्र साझा धारणा नरहेको सन्देश बाहिर जाँदा अप्ठ्यारो परेको भन्दै एउटै मत बनाएर जान प्रस्ताव गर्नुभयो ।

जवाफमा पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानलाई धरापमा पारेको भन्दै कांग्रेस संविधानको रक्षाको पक्षमा उभिनुपर्ने बताउनुभयो । विधि रक्षाका लागि कांग्रेस छ भन्ने भरोसा जनतालाई दिनुपर्ने उहाँको अडान थियो । पछिल्लो राजनीतिक घटनाक्रममा वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा छन् भने सभापति देउवाले चुनावमा जान उपयुक्त हुने भन्दै कार्यकर्तालाई सोहीअनुरुप लाग्न भन्नुभएको छ । सो विषयमा अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने देउवा पक्षले बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology