Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा संसद बिघटन बिरुद्ध प्रचण्ड नेपाल पक्षद्धारा स्थानीय तहहरुमा बिरोध कार्यक्रम


3K
Shares

गोरखामा संसद बिघटन बिरुद्ध प्रचण्ड नेपाल पक्षद्धारा स्थानीय तहहरुमा बिरोध कार्यक्रम

गोरखा ५, माघ ।  संसद बिघटनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधब पक्षले आज गोरखाको ८ वटै स्थानीय तहहरुमा बिरोध प्रर्दशन गरेको छ । संसद बिघटन असंबैधानिक भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड नेपाल पक्षले जिल्ला ६ गाउँपालिका र २ नगरपालिकामा बिरोध कार्यक्रम गरेको नेकपा गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुयो ।

नेकपाले गोरखा नगरपालिकामा वडा नम्बर १० स्थित छेवेटारमा गरेको बिरोध कार्यक्रममा पार्टी केन्द्रीय हरिराज अधिकारी, पालुङटार नगरपालिकामा नेताहरु दिनेशचन्द्र देवकोटा, खोपबहादुर कंडेल, भीमसेन थापा गाउँपालिकामा जिल्ला इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण धिताल, आरुघाट गाउँपालिकामा नेता जगन्नाथ खनाल, शहिद लखन गाउँपालिकामा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अमर तमु, बारपाक सुलिकोट गाउँपालिकामा पार्टीका नेता समेत रहनु भएका बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, गण्डकी गाउँपालिकामा नेता दिपक तिमिल्सिना लगायतले सम्बोधन गर्नुभएको हो ।

गोरखा नगरपालिकाको छेवेटारमा भएको बिरोध कार्यक्रमलाई सम्बोधन गर्नुहुदै केन्द्रीय सदस्य एवं बिघटित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले संसद बिघटनले देशलाई प्रतिगमन तर्फ धकेलेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति कुण्डा र स्वार्थका कारण संसद बिघटन गरेको भन्दै उसले निर्वाचन गराउन नभई जनतालाई अल्मल्याउन असंबैधानिक कदम चालेको बताउनुभयो । नेता अधिकारीले देशलाई सवैधानिक बाटोमा हिडाउन संसद पुनस्थापनाको बिकल्प नभएको भन्दै अदालत प्रति नेपाली जनताको आशा र भरोसा अझै पनि बाँकी रहेको बताउनुभयो ।

भीमसेन थापा गाउँपालिकामा भएको बिरोध कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवंम गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले केपी ओलीको असंबैधानिक कार्यलाई अहिले आफ्ना गुटका केही व्यक्ति बाहेक कसैले साथ नदिएको बताउनुभयो । संसद बिघटन प्रतिगामी कदम हो, असंबैधानिक कदम हो, उहाँले भन्नुभयो, यसक बिरुद्ध नेपाली जनता एकै ठाउँमा उभिसकेका छन्, अब ओलीको दिन धेरै बाँकी छैन ।’ नेता धितालले नेपालको बर्तमान संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार नदिएको भन्दै पुनस्थापनाको कुनै अर्को बिकल्प नभएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology