Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाबुरामलाई कमल थापाको चेतावनी :अदालतलाई तर्साउन नखोज्नुस्


2.9K
Shares

बाबुरामलाई कमल थापाको चेतावनी :अदालतलाई तर्साउन नखोज्नुस्

काठमाण्डु ५, माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा बाबुराम भट्टराईले अदालतलाई तर्साउन खोजेको आरोप लगाउनु भएको छ । सोमबार एक कार्यक्रममा डा भट्टराईले ‘संसद पुर्नस्थापना नभए हातमा दही जमाएर बस्दैनौं’ भनेर दिएको अभिव्यक्तिमाथि अध्यक्ष थापाले आपत्ति जनाउदै अदालतलार्य नतर्साउन भन्नु भएको हो ।

उहाँले संसद विटको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जिम्मेवार व्यक्तिको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको बताउनुभयो ।

‘संविधानमा रहेका अस्पष्टतारविवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौं’ भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्नेतर्फ उद्यत रहेको देखिन्छ’, उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology