Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मर्न तयार छु तर प्रतिगमन सामु झक्दिन : अध्यक्ष प्रचण्ड


2.9K
Shares

मर्न तयार छु तर प्रतिगमन सामु झक्दिन : अध्यक्ष प्रचण्ड

काठमाण्डौ ४, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भइरहेको बताउनु भएको छ । आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु(याउने डरलाग्दो षडयन्त्र भएको बताउनुभयो ।

यसका लागि शाकाहारी आन्दोलनले नपुग्ने प्रचण्डको भनाइ छ । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उहाँको भनाई छ । प्रचण्डले विद्यार्थीहरुलाई आफूहरुको आन्दोलन आवेगमय हुनुपर्ने बताउनुभयो ।

‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन अब आवेग, आक्रोश र आक्रामण हुनुपर्‍यो । बाघ र सिंह गर्जेको जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीहरुको मुटु थर्किनुपर्‍यो, हल्लिनुपर्‍यो, ’ उहाँले भन्नुभयो, ‘रातदिन केही नभनेर हामी केही समय केपीको प्रतिगमनकारी कदमविरुद्ध सशक्त भएर खडा हुनुपर्छ । नत्र उनले टेर्नेवाला छैनन् ।’

उहाँले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताउनुभयो । ‘९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं। आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं।उहाँले भन्नुभयो, ‘हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरुले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ। मलाई लाठी खान मन छ यसपटक।यस्तै जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने प्रचण्डको भनाइ छ ।

इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरुलाई गलहत्याएको छ । राजा महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास छ । त्यसैले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं । देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं, प्रचण्डले भन्नुभयो ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उहाँले बताउनभुयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology