गोरखा, ४ माघ । गोरखा–आँबुखैरनी सडक खण्ड अन्तरगत पर्ने गोरखा नगरपालिका–१२ दशकिलोमा ट्याक्टर दुर्घटनमा परेको छ । गोरखा नगरपालिका–१० मा रहेको पेट्रोलपम्पबाट पेट्रोल भरेर सामान लोड गर्नका लागि जाँदै गर्दा ट्याक्टर दुर्घटनमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि गोरखा नगरपालिका–११ सिर्दी घर भएका २१ बर्षका चालक रबि नेपाली गम्भीर घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो । ‘ट्याक्टर पल्टिदा चालक नाली र ट्याक्टरमा च्यापिर बसेको थियो, उहाँले भन्नुभयो स्थानीयबासी र प्रहरीको टोली उद्धार गरि उपचारका लागि पठाइएको छ ।’

घाइतेलाई आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचारका लागि पठाइएको मित्रलाल ढकालले जानकारी दिनुभयो । घाइतेलाई थप उपचारका लागि अन्यत्र पठाउनु पर्ने अबस्था रहेको जनाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर : रेखा तमाङ लोप्चन