गोरखा ४, माघ । जनता समाजबादी पार्टी पालुङ्टार नगरकमिटी स्तरीय समाजबादी बिधार्थी युनियनको संयोजकमा लक्ष्मण गिरी चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको भेलाले युनियनेको सहसंयोजकमा रितिका परियार, सचिबमा सुसिल परियार, कोषाध्यक्षमा नारायण गिरी, सहसचिब सुनिल नेपालीलाई चयन गरेको जनाइएको छ ।
गण्डकी प्रदेश सभाका सदस्य समेत रहनु भएका जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य हरिशरण आचर्यको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टीका केन्द्रिय सदस्य फडिन्द्र देवकोटा, समाजवादी विधार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाई, प्रदेश सदस्य नारायणी अधिकारी लगायतलको उपस्थिती रहेको थियो । भेलाले ३१ सदस्सीय किमिटी गठन गरेको हो ।