Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

योगेशलाई ओलीको कटाक्ष ‘बैगुनी पुक्क लात्ति हानेर भाग्यो’


2.9K
Shares

योगेशलाई ओलीको कटाक्ष ‘बैगुनी पुक्क लात्ति हानेर भाग्यो’

काठमाडौ ३, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईप्रति कटाक्ष गर्नुभएको छ । उहाँले राजधानीमा आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा शनिबार बोल्दै उहाँले योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताउनुभयो ।

“म कुनै बैगुनी केटा केटीको बारेमा कुरा गर्न चाहन्न । हाम्राबीचमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडीकन गएर भोट मागरे यो केटालाई जिताएर पठाउनुस् । मन्त्री बनाएर पठाइदिन्छु । मन्त्री बनाइयो । एक दिन त पुक्क लात्तिले हानेर भाग्यो । को भनेर हेरेको त उही केटो,” ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology