Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको धार्चेमा ओली पक्षको अगुवा कार्यकर्ता भेला


1.8K
Shares

गोरखाको धार्चेमा ओली पक्षको अगुवा कार्यकर्ता भेला

गोरखा ३, माघ । गोरखाको धार्चे गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को ओली पक्षिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । धार्चे गाउँपालिकामा ५ माछाखोलामा शनिबार एक कार्यक्रमका बिच अगुवा कार्याकता भेला सम्पन्न भएको हो ।

भेलामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री समेत रहनु भएका नेकपा ओली पक्षका केन्द्रीय सदस्य रामशरण बस्नेतले प्रशिक्षण मुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेकपा जिल्ला सदस्य कमानसिंङ गुरुङको अध्यक्षतामा भएको अगुवा कार्यकता भेलामा नेकपाका केन्द्रिय सदस्य कृष्ण बहादुर नेपाली, मोहनप्रसाद भट्टराई, भिम सुनार, तारानाथ लामिछाने लगायतले पनि सम्बोधन गर्नुभएको थियो । भेलामा गाउँपालिका भित्रका करिब ३ सय कार्यकर्ता सहभागी भएको आयोजकले दावी गरेको छ ।(फाईल फोटो)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology