गोरखा ३, माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले अवको प्रधानमन्त्री शेरबहादुर देउवा भनेर अरु कसैले उचाल्दैमा काग्रेस बहकिने पक्षमा नरहेको बताउनु भएको छ । नेपाली काग्रेस गोरखा नगरपालिकाले आज वडा नम्बर २ को ताप्लेमा आयोजना गरेको संसद बिघटन बिरुद्धको बिरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देउवा प्रधानमन्त्री हो भन्दैमा काग्रेस उकासिने र बहकिने पक्षमा नरहेको बताउनु भएको हो ।
उहाँले काग्रेसले केन्द्रीय समितिको बैठक नै बसेर संसद बिघटनलाई असंबैधानिक हो भनेर निस्कर्ष निकाली सकेको भएपनि यो मुद्दा सर्वोच्च अदातलमा पुगी सकेकाले सर्वोच्चको फैसला नै अन्तिम हुने बताउनुभयो । ‘संसद बिघटनमा सर्वोच्च अदातलले गर्ने व्याख्या नै अन्तिम व्याख्या हुन्छ, केन्द्रीय सदस्य पाण्डेले भन्नुभयो, हाम्रो संबिधानले पनि त्यही भनेको छ सर्वोच्च निर्णयलाई स्विकार गरेर जानुपर्छ ।
सर्वोच्चको निर्णयलाई स्विकार गरेर जान्छु भन्दा कसैले काग्रेस काग्रेसले खुट्टा कमायो भन्छ भने आफुहरुलाई कुनै फरक नपर्ने उहाँको भनाई छ । ‘सर्वोच्चको निर्णय स्विकार गर्नुपर्छ भन्दा काग्रेस आन्दोलनमा जान खुट्टा कमायो, संसद बिघटनको मतियार बन्यो भन्दा हामीलाई केही फरक पर्दैन, नेता पाण्डेले भन्नुभयो, ‘सात सालदेखि अहिलेसम्मको सवै प्रकारको आन्दोलनको नेतृत्व काग्रेसले गरेको छ, हामी हाम्रो निणर्य, बिचार र सिदान्तलाई परिवर्तन गर्दैनौ ।’
माओबादी छोडेर नयाँ शक्ति गठन गरि पाटी चलाउन नसकी मधेषबादी दलतर्फ गएका व्यक्तिले देउवालाई अवको प्रधानमन्त्री भनि सुझाव दिएको भन्दै नेता पाण्डेले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आलोचना समेत गर्नुभयो । ‘माओबादी छोडर नयाँ शक्ति बनाएका र त्यो पार्टीलाई पनि चलाएर खान नसकेर मधेष केन्द्रीत दलहरुले खोलको पार्टीमा शरण माग्न पुग्नु भएका बाबुराम भट्टराईले पनि यो बारेमा टिकाटिप्पणी गर्नुभएको हामीले सुनेका छौ, उहाँले भन्नुभयो, ‘हामी प्रष्ट छौ, कसैले भन्दैमा बहकिने पनि छैनौ ।’