गोरखा ३, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेको बिरोधमा गोरखाको पन्द्रुङ र देउरालीमा पनि बिरोध प्रर्दशन गरिएको छ । नेकपा प्रचण्ड नेपाल पक्षले शुक्रबार पन्द्रुङ र देउरालीमा कालो झण्डा सहित बिरोध प्रर्दशन गरेको नेकपा बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।
नेकपा बारपाक सुलिकोट गाउँपालिको वडा नम्बर ७ र ८ पार्टीले आयोजनमा भएको बिरोध कार्यक्रमा सहभागीहरु कालो पट्टि बाँधेर बिभिन्न नारा सहित प्रर्दशनमा उत्रिएका थिए । बिरोध पछि दुवै स्थानमा कोणसभाको आयोजना समेत गरिएको नेकपाले जनाएको छ ।
कोणसभालाई सम्बोधन गर्नुहुदै नेकपा बारपाक सुलिकोट गाउँपार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धि केपि ओलीले असंवैधानिक कदम चालेर खोस्न दुस्साह गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा बिघटन गर्नु असंवैधानिक र प्रतिगामी भएको भन्दै संसद पुनर्स्थापना नहुदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
बिरोध कार्यक्रममा नेकपा बारपाक सुलिकोट वडा नम्बर ७ का वडापार्टी अध्यक्ष कृष्णप्रसाद अंगाई, जननिर्वाचित वडा अध्यक्ष कृष्ण गुरुङ, गाउँपालिका र वडा कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।