Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीसँग पार्टी सदस्यका लागि पनि योग्य हुनुहुन्न :अध्यक्ष नेपाल


4.3K
Shares

ओलीसँग पार्टी सदस्यका लागि पनि योग्य हुनुहुन्न :अध्यक्ष नेपाल

काठमाण्डौ २, माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना कुनै सम्भावना नरहेको बताउनु भएको छ । संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताउनु भएको हो ।

उहाँले ओली पार्टी सदस्यका लागि समेत योग्य नभएको भन्दै उहाँ मदन भण्डारी फाउण्डेसन वरिपरि डुल्ने व्यक्ति मात्र भएको बताउनुभयो । यस्तै आजै पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने र ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । बुधबार प्रचण्ड–नेपाल समूहको सहकार्यको प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा विभाजनको आधिकारिता खोजेपछि शुक्रबार उक्त समूह एक कदम अगाडि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology