दीपक श्रेष्ठ
गोरखा, २ माघ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओलीले चुनाव गराए त्यो ज्ञानेन्द्र र पाकिस्थानमा सैनिक शासकले चुनाव गराए जस्तो हुने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संबिधान भत्काएर गरिएको चुनावमा जान नुहने भन्दै अहिले चुनाव भए संबिधान बिपरितको चुनाब हुने दावी गर्नुभयो । ‘यो चुनावमा कुनैपनि राजनीतिक दल जानै हुदैन, डा. भट्टराईले भन्नुभयो, अहिले घोषणा गरिएको चुनाव भनेको त पाकिस्थानमा सैनिक तानाशाह मुसरफले गरेको चुनाव जस्तो हुन्छ, ज्ञानेन्द्र गरेको चुनाव जस्तो हुन्छ ।’ उहाँले भन्नुभयो । जवसम्म संबिधानको बाटोमा देश आउदैन तबसम्म चुनावी भ्रममा कोही पनि पर्न नुहने डा भट्टराईको छ ।
‘कतिपयको भनाई चुनावमा जाऔँ हल हुन्छ भन्नेछ, उहाँले भन्नुभयो, चुनाव जादाँ पनि त संबिधान र कानुन बमोजिम जानुपर्छ ।’ कुनै व्यक्तिलाई सबिधान बिपरित अनाधिकृत ढंगले संबिधानका आधारभूत कुरालाई भत्काउने अधिकार दिइयो भने भोली चुनाव पछि आउने सरकारले पनि भत्काउछ, फेरि त्यसपछि आउनेपनि भत्काउछ त्यसो गर्दा संबिधान त ध्वस्त हुन्छ ।’ डा भट्टराईले भन्नुभयो । संसद बिघटन असंबैधानिक भएको भन्दै निर्वाचनले मात्र समस्याको समाधान नहुने बताउनु भएको छ । उहाँले अघिल्लो संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ बर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकारी नदिएको दावी गर्नुभयो ।
‘संसद बिघटन असबैधानिक हो, अलोकतान्त्रिक हो र प्रतिगामी हो, उहाँले भन्नुभयो, यसलाई कुनैपनि हालतमा खारेज नै गरिनुपर्छ ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउदै नगराउने बताउनुभयो ।‘ दुई तिहाई बहुमतको सरकार नचलाउने मान्छेले आफु अनुकुल नहुने गरि चुनाव गराउछ भन्ने ग्यारेन्टी पनि छैन, डा भट्टराईले भन्नुभयो, उसले गराउदा पनि गराउदैन ।’ उहाँले ओलीले प्रधानमन्त्री भएदेखि नै गुप्तचरदेखि लिएर संबैधानिक अंगहरु माथि अड्डा जमाएर बसेको भन्दै उसले नछोड्ने दावी गर्नुभयो ।उहाँले अहिले नेपालको सार्वभौम सत्ता प्रतिनिधिसभाका रहेको भन्दै प्रतिनिधिसभाले बैठक बसेर संसद बिघटनलाई सच्चाउन सक्ने बताउनुभयो ।
जनता समाजबादी पार्टीका अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री डा.भट्टराईले सर्वोच्च अदालतले संसद बिघटनलाई खारेजी गरिदिए समस्याको समाधान सजिलो ढंगले हुने बताउनुभयो । ‘पहिलो कदम सर्वोच्च अदालतले नै खारेजी गरिदियोस् सवै भन्दा सजिलो यो हुन्छ, डा.भट्टराईले भन्नुभयो, त्यसो हुन नसके प्रतिनिधिसभाको बैठक बसेर प्रतिनिधी सभाले नै यो आदेशलाई खारेज गरोस लोकतन्त्रलाई ट्रयाकमा ल्याओस् भन्ने हो त्यसका लागि जनताले निरन्तर आवाज नउठाएसम्म हुदैन ।’ यस्ता खालकाका समस्याको समाधानका लागि संबिधानमा नै संबैधानिक अदालतको राख्नुपर्छ भन्ने पक्षमा आफुहरुको अडान भएपनि अहिलेको संबिधानमा त्यसको व्यवस्था गर्न नसकिएकाले अहिले अभाव खड्किएको डा. भट्टराईको भनाई छ ।
‘संबैधानिक अदालत भइदिएको भए संबिधान च्यातिदा त्यसलाई ठिक ट्रयाकमा ल्याउने काम संबैधानिक अदालतले गरथ्र्यो, डा. भट्टराईले भन्नुभयो, शासकिय स्वरुपमा पनि हाम्रो अपूर्णता रह्यो नै ।’ उहाँले जनता समाजबादी पार्टीको चाहाना सवै पक्ष राजनीतिक दलको संयुक्त आन्दोलन भइदिए हुन्थ्यो भन्ने भएको बताउनुभयो । संसद बिघटनको बिषयमा मूख्य रुपमा नेपाली काग्रेसको अलिबढी अस्पस्टता भयो, काग्रेसमा दुई धार प्रस्ट देखिएको छ,, डा भट्टराईले भन्नुभयो, प्रचण्ड–नेपाल पक्षको ओली पक्षसंग निर्णायक सम्बन्ध बिच्छेद त्यसको कारण रहेको छ ।’ काग्रेस लगायतका केहीलाई अझैपनि नेकपाको ओली पक्ष र प्रचण्ड माधव पक्ष मिलेर चुनावमा जान्छ की भन्ने आंशका रहेको उहाँको भनाई छ ।
डा भट्टराईले अहिले आरोप प्रत्यारोप गर्ने बेला नभएको भन्दै संसद बिघटन प्रतिगमनकारी घटना भएकाले पहिले त्यसलाई सच्चाउने पर्ने बताउनुभयो । संबिधान बनाउने बेला केपी ओलीको राष्ट्रबादलाई २४ क्यारेटको सुन जस्तो बनाइएको भएपनि अहिले उसको असली राष्ट्रबाद बल्ल देखिएको डा.भट्टराईको भनाई छ । ‘केपी शर्मा ओली राष्ट्रबादी होइन, राष्ट्रघाती रहेछन् भन्ने नेपाली जनताले अहिले बुझिसकेका छन्, उहाँले भन्नुभयो, लोकतन्त्रबादी, गणतन्त्रबादी थिदै थिएनन्, अहिले सक्कली चेहेरा देखिएको छ भनेर मैले भनेको छु ।’