Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मानवसेवा आश्रम गोरखाका बालबालिकालाई बिधालय पोशाक प्रदान


2.9K
Shares

मानवसेवा आश्रम गोरखाका बालबालिकालाई बिधालय पोशाक प्रदान

गोरखा २, माघ । मानव सेवा आश्रममा रहेका १० जना बालबालिकालाई बिधालय पोशाक प्रदान गरिएको छ। गोरखा सदरमुकाममा रहेको न्यु टेर्लस लोगो व्यवसाय सुरु भएको एक बर्ष पुरा भएको अबसरमा आश्रमका बालबालिकाहरुलाई बिधालय पोशाक उपलब्ध गराएको सञ्चालक बालकृष्ण परियारले जानकारी दिनुभयो ।

माघेसंक्रान्ति पर्वको अबसरमा बिहिबार आश्रममै पुगेर सञ्चालक परियारले आश्रममै पुगेरबालबालिकाहरुलाई बिधालय पोशाक उपलब्ध गराएको आश्रमले जनाउको छ ।

मानवसेवा आश्रममा बसेर सुन्दर भविस्यको कोर्न लागेका बालबालिकाहरुलाई थोरै भएपनि सहयोग पुर्याउने उद्देस्यले व्यवसाय सुरु गरेको एक बर्ष पुरा भएको अबसरमा बालबालिकाहरुलाई सहयोग गर्न पाउन खुशी लागेको सञ्चालक परियारले बताउनुभयो । परियारले यस अघि पनि सामाजिक सेवाको क्षेत्रमा असाहाय अनाथ लगायतहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology