काठमाण्डौं – विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते नेपाल बन्दको आवहन गरेको छ । आफ्ना नेताहरुको पक्राउको बिरोधमा सो पार्टीले बन्द सहितको कार्यक्रम गरेको पार्टीका महासचिव नेत्रबिक्रम चन्द्र बिप्लवद्धारा हस्तारित बिज्ञप्तिमा उल्लेख छ ।
पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहितका नेताहरुको पक्राउको विरुद्धमा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति मार्फत ५ दिने आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा माघ १० गते नेपाल बन्दको कार्यक्रम राखेको छ । कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
