Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

न्यून चापीय प्रभावका कारण अब केहि दिने चिसो बढ्ने


4.6K
Shares

न्यून चापीय प्रभावका कारण अब केहि दिने चिसो बढ्ने

काठमाण्डौै २, माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदली भइ चिसो बढ्ने सम्भावना रहेको बताएको छ । महाशाखाले तीन दिने सूचना जारी गर्दै नेपालमा एकसाथ दुई स्थानका मौसमी प्रणालीमा प्रभाव परेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा दक्षिण–पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको छ ।

जसका कारण दिनभर मौसम बदली गराउने भएकाले घाम नलाग्ने सम्भावना रहेको छ । मौसमविद् विभूति पोखरेलले मौसममा प्रभाव परेका कारण आज अधिकतम तापक्रम घट्न गई देशभर चिसो बढ्ने अनुमान गरिएको बताउनुभयो । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने बताइएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ । गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology