काडमाण्डौ २, माघ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत पुगे लगत्तै भारतले सिमा बिबादका बिषयमा भने छलफल नहुने जनाएको छ । नेपाली पक्षले आयोगको बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षले भने विपरीत सीमा विवादबारे छलफल बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भारतीय पक्षले ज्ञवालीको भ्रमण दुई देशबीचको द्वीपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको तर सीमा विवादबारे छलफल गर्नका लागि यो मञ्च उपयुक्त नभएको बताएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको बताउनु भएको हो ।
यता परराष्ट्र मन्त्रालयले भने मंगलबार जारी गरेको विज्ञप्तिमा मन्त्री ज्ञवालीको भ्रमणका क्रममा बैठकमा सीमा विवादको कुरा पनि उठाइने जनाइएको थियो ।