Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीमसेन पार्क प्रवेश गर्न शुल्क


4.2K
Shares

भीमसेन पार्क प्रवेश गर्न शुल्क

गोरखा १, माघ । गोरखा नगरपालिका–४ पिपलथोकमा रहेको भीमसेन पार्क प्रवेश गर्न आजदेखि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । पार्कको संरक्षण तथा सरसफाईका लागि वडा कार्यालयको पहलमा भीमसेन थापा स्मारक पार्क संरक्षण समिति गठन गरि समिति मार्फत प्रवेश शुल्क उठाउन थालिएको हो ।

पार्क प्रवेश गर्नका लागि बिधार्थीहरुले प्रतिव्यक्ति रु ५ तिर्नुपर्नेछ भन्ने अन्यले रु १० तिर्नुपर्ने गरि शुल्कको व्यवस्था गरिएको हो । समितिले माघ १ गतेदेखि मान्छे राखेर प्रवेशमा शुल्क उठाउन थालेको संरक्षण समितिका अध्यक्ष राजु थापाले जानकारी जानकारी दिनुभयो ।

त्यस्तै समितिले पार्क खुल्ने समय समेत निर्धारण गरेको छ । यस अघि २४ सै घण्टा खुल्ने पार्क अब बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खोल्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology