Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव


1.7K
Shares

अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव

काठमाण्डौ १, माघ । अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बन्नुभएको छ । उहाँविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।

गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उहाँविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको हो ।

महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सदस्य छन् । तर, ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो । यसअघि, तल्लो सदनले सन् २०१९ मा पनि ट्रम्प विरुद्धको महाभियोग पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology