Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका ३२ बर्षिय युवक मृत फेला


1.6K
Shares

गोरखाका ३२ बर्षिय युवक मृत फेला

गोरखा २९, पुस । गोरखाका एक युवक आज मृत भेटिएका छन् । शहिद लखन गाउँपालिका–६ घर भएका ३२ बर्षका सुरेश कोइराला कास्की पोखरा महानगरपालिका–१९ लामाचौरको खेत भन्ने स्थानमा मृत अबस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

कृष्ण मजाकोटीले त्यहाँ सञ्चालन गर्दै आएको फर्निचरमा काम गर्दै आएका कोइराला उद्योग भित्र ब्लकले बनेको कोठामा भित्रबाट चुक्कुल लगाई सुतेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बिहान नउठेपछि प्रहरीलाई खबर गरेपछि स्थानीयबासीको रहोबरमा ढोका फुटाएर हेर्दा खाटमा कोल्टो परी मृत अबस्थामा कोइराला भेटिएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology