Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा रुखले च्यापेर एक युवकको मृत्यु


1.8K
Shares

गोरखामा रुखले च्यापेर एक युवकको मृत्यु

गोरखा २९, पुस । गोरखाको भीमसेन थापा गाउँपालिकामा–३ तान्द्राङमा रुखले च्यापेर एक युवकको मृत्यु भएको छ । आज बिहान आफैले रुख काट्ने क्रममा ढलेको रुखले च्यापेर १८ बर्षका उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

पाँचथर घर भएका राईको रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको उहाँको भनाई छ । तान्द्राङका स्थानीयबासी नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा राईलाई रुखले किचेको डिएपी खतिवडाले जानकारी दिनुभयो । मृतक राईले गएको १० दिनदेखि त्यसक्षेत्रमा रुख काट्ने काम गर्दै आएको उहाँको भनाई छ ।

मृतक राई आफ्ना दाइसंगै रुख काट्न जानु भएको थियो । मृतकको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि आरुघाट स्वास्थ्य चौकीमा पठाइएको डिएसपी खतिवडाले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टम पछि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology