Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

युरोपियन युनियनका राजदुत सहितको टोलीद्धारा भुकम्पको केन्द्रबिन्दु बारपाकको अवलोकन


4.4K
Shares

युरोपियन युनियनका राजदुत सहितको टोलीद्धारा भुकम्पको केन्द्रबिन्दु बारपाकको अवलोकन

गोरखा २९, पुस । युरोपियन युनियनका राजदूत नोना डिप्रेज सहित ट्रान्सपरेन्सी इन्टर नेशनलको गोरखा भकुम्पको केन्द्रबिन्दु बारपाक पुगेर त्यहाँको अबलोकनका लागि गरेका छन् । भुकम्प पछिको पुननिर्मान र पुनर्स्थापनामा भईरहेको गतिविधि अवलोकनको लागि युरोपियन युनियनकी राजदुत नोना डिप्रेज भुकम्पको केन्द्र बिन्दु बारपाकबाट अध्यन भ्रमण सुरु गर्नु भएको हो।

बारपाक पुगेको सो टोलीले त्यहाँ स्थित हिमाल मा बि बारपाकमा अन्तरक्रिया , बारपाक सुलिकोट वडा नम्बर १ को कार्यलयको आयोजनामा महिला तथा सरोकारवालाहरुसग लगायतका बिषयमा छलफल भएको जनाइएको छ । टोलीलाई बारपाक सुलिकोट गाउँ पालिकाको आयोजनामा निजि आवास , भुकम्प स्मृति पार्क र बुद्ध पार्क अवलोकन गराएको थियो ।

गाउँपालिका अध्यक्ष बिष्णु भट्टको नेतृत्वमा सप्पन्न भएको उक्त अवलोकन भ्रमण कार्यक्रममा बारपाक सुलिकोटका गाउँपालिकाका,उपाध्यक्ष सनमाया गुरुङ, बारपाक वडा नम्बर १ का अध्यक्ष, बारपाक सुलिकोटका शिक्षा प्रमुख बसन्त भट्ट , हिमालय उच्च माबि विद्यालय संचालक ब्यबस्थापन समितिका अध्यक्ष एवं सामाजिक अभियन्ता वीर बहादुर घले ट्रान्सपरेन्सी इन्टर नेशनल नेपालका कमला राना लगायत १२ जनाको टोलीको सहभागिता रहेको थियो ।

हिमालय माबिको अवलोकन भ्रमणका क्रममा विद्यालय संचालक समितीका अध्यक्ष वीर बहादुर घलेले भुकम्पपछि निर्माण भएको स्कुलको भौतिक संरचना एवं विद्यालयको शैक्षिक गतिविधि र भावी योजनाका बारेमा अवलोकन भ्रमणमा सहभागी टोलीलाई जानकारी गराउनु भयो ।

सहभागीहरुले भौतिक संरचनाको बिकास भए पनि अझै बिद्यालयहरुमा त्यही अनुरुपको गुणात्मक शैक्षिक सुधार हुन नसकेको भन्दै त्यस तर्फ ध्यानदिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै स्कुलको नियमित आम्दानीका लागि दातृ निकायबाट कुनै पुर्वाधार योजना बनाइदिन र बिभिन्न खालका तालीमका लागि पहल गरिदिन पनि ध्यानाकर्षण टोलीलाई बिधालयले ध्यानकर्षण गराएको छ ।

अवलोकन भ्रमणमा पुगेको टोलीसंगा त्यहाँरहेका आमा समुहहरुले पनि छलफल गरेका छन् । छलफलमा भुकम्प पछि स्थानीय महिलाहरुले जिविकोपार्जनमा आएको असहजता र महिला उद्दमसिलताको बारेमा स्थानीय निकायले गर्दै आएका सहयोग र समन्वय लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा ट्रान्सपरेन्सी गोर्खा शाखाका शाखा अधिकृत कमला रानाले उपस्तिथि सबै महिलाहरुलार्इ आआफ्ना समस्या राख्न सहजकर्ताको भुमिका निर्वाह गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology