गोरखा २९, पुस । अखिल नेपाल महिला संघ (अनेमसंघ) गोरखाले राष्ट्रपति बिद्यादेवी भण्डारी बिरुद्ध अपमान जनक र अश्लिल नारा लगाउने व्यक्तिको पहिचान गरि कारवाही गर्न माग गरेको छ । अनेमसंघ गोरखा जिल्लाकी इन्चार्ज सम्झना देवकोटाको नेतृत्वमा जिल्ला प्रसासन कार्यालयमा गएको टोलीले आज प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टाराई मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो ।
ज्ञापन पत्रमा संसद बिघटनको बिरोधमा भएका सडक सर्घषका क्रममा राष्ट्रपति भण्डारीलाई गरिएका अपमान व्यवहार तथा अभ्रद गालीगलौच गर्ने व्यक्तिहरुलाई तत्काल कानुनी दायरमा ल्याउन माग गरेको हो । सडक सर्घषका क्रममा आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन् हुन नहुने न्यायिक सिदान्तका बिपरित राष्ट्रको सर्वोच्च निकाय संबिधानको संरक्षकको रुपमा रहेको राष्ट्रपति प्रति लक्षित अपमान जनक नारा प्रति संघको गम्भीर ध्यानकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ ।
‘त्यस्ता गैह्रकानुनी, गैह्र संबैधानिक अभिव्यक्ति सहित नारा लगाउने र लगाउन उक्साउने नेतृत्व प्रति घोर निन्दा र भत्र्सना गर्दछौ, बिज्ञप्तिमा भनिएको छ,‘ महिला माथि लैङ्गिक आधारमा हुने हरेक प्रकारको भेदभाव र अपमानजनक व्यवहार प्रति राज्यले कानुन कार्यान्वयन गर्न कठोर नीति अबलम्बन गर्नुपर्छ ।’
ज्ञापन पत्रमा नेपालको संबिधान २०७२ को धारा १६ मा सम्मान पूर्वक बाँच्न पाउने अधिकार दिएको भन्दै मुलुकी फौजदारी संहिता २०७४ ले गाली गलौच र बेइज्यतीलाई समेत अपराधमा राखेको भन्दै त्यस्ता कार्यमा संलग्ललाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
‘केही पनि महिला प्रति महिला भएका कारण त्यसमा पनि एकल महिला प्रति लक्षित गरि व्यक्त गरिएका नाराले समग्र महिलाहरुको सामाजिक प्रतिष्ठामा आँच पु¥याएको हाम्रो निस्कर्ष छ,’ज्ञापन पत्रमा भनिएको छ,‘ सरकारको बिरोधको बाहानामा राष्ट्रपतिको चरित्रहत्या हुने खालका नारा लगाउनेलाई सामजिक सञ्जालमा राखिएको भिडियो हेरी खोजतलास गरि फौजदारी संहिता अनुसार कारवाही गर्न जोडदार माग गर्दछौ ।’