Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाद्धारा २९९औं पृथ्वीजयन्तीमा आयोजित प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण


3.3K
Shares

गोरखा नगरपालिकाद्धारा २९९औं पृथ्वीजयन्तीमा आयोजित प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण

गोरखा २८, पुस ।  २९९औं पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकाको आयोजना तथा बिभिन्न संघ संस्थाको समन्वयमा ३ दिनसम्म भएको बिभिन्न कार्यक्रममा बिजयी प्रतियोगितहरुलाई आज पुरस्कार प्रदान गरिएको छ । सदरमुकाममा आज एक कार्यक्रमको आयोजना बिजयी खेलाडी तथा प्रतिस्पर्धीहरुलाई पुरस्कार तथा सम्मान गरिएको हो । दिवसको अबसरमा हिजो आयोजित खुल्ला दौडमा प्रतियोगितामा प्रथम हुन सफल नेपाली सेनाका रामजी बस्नेतलाई प्रमाण पत्र सहित १५ नगद हजार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै गरी दोस्रो र तेस्रो हुने सुनिल थापा र पुर्णबहादुर गुरुङलाई क्रमश.१० हजार र ५ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको हो । सोही दौडमा सान्त्वना हुने सरोज योगी र सुमन मल्ल तथा महिला तर्फ पवित्रा बयलकोटी र र्सिजना पौडेल जनही २ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । दौडमा ५० जनाले सहभागीता जनाएको र सबैलाई प्रमाण पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै गरी गोरखा जेसिज गोरखाको समन्वयमा आज आयोजना गरिएको ‘नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको योगदान’ बिषयक बक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल महालक्ष्मी मावि लक्ष्मीका सरोजबावु घिमिरे लाई प्रमाण पत्र र नगद ५ हजार पुरस्कार प्रदान आयोजनकले जनाएको छ ।

मावि स्तरीय बतृत्वकला प्रतियोगितामा ११ वटा बिधालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा द्रब्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजारकी छात्रा बिपना गान्धारी दोस्रो र महेन्द्र मावि कुन्दुरटारकी जेनिसा अंगाई तेस्रो हुनुभएको छ । उहाँहरुलाई क्रमस नगद ३ हजार र २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले आजै गोरखा नगरपालिका घर भई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलमा सहभागी तथा पदक बिजेता खेलाडीहरुलाई समेत सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा एथलेटीक्स तर्फ टिका बोगटी, ज्ञानबहादुर बोहरा, सोमबहादुर कुमाल, दलबहादुर थापा र उत्तम केसी रहनुभएको छ । त्यस्तै गरी भारतोलन तर्फ रामकुमार श्रेष्ठ, सुटिङ तर्फ सरस्वती बाँनिया र जुडो तर्फ होमबहादुर थापा र ऋषीराम प्रधानलाई दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै गरि गत बर्ष गण्डकी प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगितामा बिजेता गोरखा नगरपालिकाका खेलाडीहरुलाई दोसल्लाह, प्रमाण पत्र र जनही १० हजार नगद प्रदान गरिएको नगरपालिकाले जनाएको छ । खेलमा सहभागी १८ जना नगरपालिकाले सम्मान गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology