Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोल लगाउने प्रस्ताव संसदमा पेस


3.8K
Shares

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोल लगाउने प्रस्ताव संसदमा पेस

काठमाण्डौ २८, पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने विषयमा तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ । डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप छ ।

डेमोक्र्याटहरूले अमेरिकी संसदमा राखेको प्रस्तावमा राष्ट्रपति ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ । उक्त प्रस्तावमाथि तल्लो सदनमा आजदेखि मतदान हुनेछ । डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन् ।

ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधवार संसदमा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology