Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी


2.8K
Shares

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाण्डौ २८, पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ । पुष भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताउनुभयो । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो । यसैबीच कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै छ । शैक्षिक शत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology