सप्तरी २८, पुस । सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ मा गोरुले हानेर एक महिलाको मृत्यु भएको छ । छोडेको साढेले हानेर ८० वर्षीय दुर्गी देवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घर अगाडि हिँडिरहेको अबस्थामा साढे गोरुले पछाडिबाट हान्दा घाइते भएकी साहको उपचारको लागि ल्यौजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।