Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड नेपाल निर्वाचन आयोगमा


4.1K
Shares

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड नेपाल निर्वाचन आयोगमा

काठमाण्डौ २७, पुस । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरु आयोगमा पुगेका छन् ।

अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै भएको प्रचण्ड – माधब समुहका नेताहरुले बताएका छन् । आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गर्नुभएको छ ।

तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट परेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रचण्ड–माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन् । आफूहरुसँग पार्टीको प्रष्ट बहुमत रहेको भन्दै समूहका नेताहरुले अर्को पक्षलाई आफ्नो दाबी पेश गर्न भन्नुपर्ने बताएका थिए । अहिले दुबै पक्षले विवरण अध्यावधिक मात्र गर्न पत्र पठाएकाले अहिले वैधानिकता सम्बन्धी विवादमा प्रवेश गर्न नसक्ने आयोगले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology