Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँको शुक्लागण्डकीमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा


3.6K
Shares

तनहुँको शुक्लागण्डकीमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

तनहुँ,२६ पुस (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसको अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन नगरपालिका कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology