Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाबाट हिडेको एकीकरण पदयात्राको टोली काठमाण्डौ पुग्यो


6.4K
Shares

गोरखाबाट हिडेको एकीकरण पदयात्राको टोली काठमाण्डौ पुग्यो

काठमाडौं, २६ पुस । गोरखाबाट एकिकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली काठमाण्डौ पुगेको छ । सो टोलीलाई आज काठमाडौंको वसन्तपुरमा स्वागत गरिएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर नेपाली सेनाले एकीकरण पदमार्ग निर्माण गरि पदयात्रा सुरु गरेको हो ।

पदयात्रा गरि काठमाण्डौ पुगेको टोली २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाडौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको थियो ।

टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण० को झण्डासहित करिब ४० जनाको टोलीलाई बिदाइ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology