Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सडकबाट करिब ७ सय मिटर तल मस्र्याङ्दी नदीमा ट्रक खस्यो


4K
Shares

सडकबाट करिब ७ सय मिटर तल मस्र्याङ्दी नदीमा ट्रक खस्यो

लम्जुङ् २६, पुस । डुम्रे –बेँसीशहरचामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४ जगत्बाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ।बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक ब्रेक फेल हुँदा नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करिब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो।

प्रहरीका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ।ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology